एमालेले धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस, ३ बाट जुली, ४ मा रघुवीर

डिसी नेपाल
२० भदौ २०७९ ७:३२
76
Shares

जनकपुरधाम। नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारमात्रै छनौट गर्न सकेको छ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई र क्षेत्र ३ बाट पोलिटव्युरो सदस्य जुली कुमारी महतोको नाम एकल सिफारिस भएको छ।

पार्टीको सम्बन्धित क्षेत्रीय कमिटीहरुको आइतबार बसेको बैठकले महासेठ दम्पतीको नाम सिफारिस गरिएको नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए। क्षेत्रहरुमा उनीहरु वाहेक कसैले इच्छा नराख्दाँ उनीहरुको नाम सिफरिस भएकोले उनले बताए । पूर्वमन्त्री समेत रहेकी महतो नेता महासेठका धर्मपत्नी हुन्।

क्षेत्र नम्बर ३ र ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरिए पनि समानुपातिक तर्फका नाम अझै सिफारिस हुन नसकेको उनले बताए। पार्टीले भदौ २२ गतेसम्म सिफारिस गर्न समय दिएकोले अहिले बाँकी क्षेत्रीय कमिटीहरुको उम्मेदवार छनौटको विषयमा छलफलमै रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.