जसले उपचार गराउन साथी जान्छु भन्थे, उसैको गर्दनमा खुकुरी हाने..

डिसी नेपाल
२१ भदौ २०७९ ११:५१
15.5k
Shares

सिन्धुली। १ साउनको दिन थियो । टंक बहादुर उपचारको लागि काठमाडौं जानलाई सबेरै उठेका थिए । उठ्ने बित्तिकै टंकलाई रिंगटा चल्ला जस्तो भयो । मन स्थिर भएन, एक्कासी रिस उठ्यो ।

रिसकै झोँकमा उनले के सोचे, घरको ढोका छेउमैरहेको सिरुपाते खुकुरी बोकी छिमेकीको घरमा गए। त्यहाँ गन्ज बहादुर थिए । उनी पनि ओछ्यानबाट उठ्नै लागेका मात्रै के थिए, सोही बेला टंकले आँखै देखेनन् । उनी व्यसुरा बने ।

गन्जको गर्दनमा खुकुरीले छप्काई दिए । टंकले प्रहार गरेको खुकुरीको जोड थाम्न नसकी गन्ज ओछ्यानमै ढले । गन्जको घरमा रुवाबासी चल्यो । कोलाहल मच्चीयो । त्यसपछि नजिकैको अर्का छिमेकीहरु आइपुगे । व्यसुरा टंकको हातबाट खुकुरी खोसियो । टंक व्यसुरमै भागे । गन्ज रगताम्मे भए ।

गन्जलाई नजिकैको स्वास्थ्य संस्था लगियो । त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि काठमाडौैं लगियो । अहिले उनी ठीक छन्। उनलाई खुकुरी हानेर भागेका टंकलाई प्रहरीले समातेर ज्यान मार्ने उद्योगमा सिन्धुली जिल्ला अदालतमा मुद्धा चलिरहेको अबस्था छ ।

अनुसन्धान अधिकृतलाई दिएको बयान अनुसार, घटनाको ४ दिन अघिदेखि टंकलाई सञ्चो थिएन । ‘घटना भन्दा ४ दिन पहिलादेखि मेरो मन स्थिर नहुने, आँखा नदेखेको जस्तो हुने, रिस उठ्ने,डर लाग्ने भएकोले झारफुकमा लागियो।

उपचार गर्न काठमाडौं जानु पर्ने भएकोले त्यसदिन उठ्ने दिन के भयो, भयो । एक्कासी रिस उठेर गन्जको गर्दनमा खुकुरी हानेँ’, उनले बयानमा भनेको छ।

उनलाई काठमाडौंमा उपचार गराउन उही गन्ज थिए। उनी खुकुरी बोकेर जाँदा उनलाई अस्पताल लिएर काठमाडौं जान गन्ज भर्खर ओछ्यानबाट उठ्न मात्रै खोजेका थिए। तर गन्जले खुकुरीले छप्काए । त्यसपछि गन्ज अस्पतालमा टंक जेलमा परे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.