ग्रेट वाल मोटरले ल्यायो ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर

डिसी नेपाल
२१ भदौ २०७९ १४:४२

काठमाडौँ। ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले दशैँ, तिहार र छठको अवसर पारी जि.डब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ।

यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ। कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ।

जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ। यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन्।

साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन्। ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ।

यो योजना अन्तर्गत ग्राहकहरुले पाउन सक्नु हुनेछ :
आकर्षक नगद छुट
एक वर्षको कम्प्रिहेन्सिभ बीमा
एक वर्ष सम्म फ्री मेन्टिनेन्स सुविधा
आ.व.७८/७९ को रोड ट्याक्स फ्री
लोएल्टी बोनस
फ्रि एसेसोरिज
५ वर्ष वारेन्टी
३ वर्ष फ्री सर्भिस
स्पट भ्यालुएसन एण्ड एक्सेन्ज तथा अन्य धेरै

यदी तपाई चाडपर्वको अवसरमा सवारी साधन खरीद गर्न चाहनु हुन्छ भने जी.डब्लु.एम्का उत्पादन तपाईको छनौटमा पर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *