२१.२२ अंकले घट्यो नेप्से परिसूचक, म्युचुअल फण्डबाहेक सबै उपसूचक राताम्मे

डिसी नेपाल
२१ भदौ २०७९ १५:१६

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से २१.२२ अंकले घटेर १ हजार ९५१.७९ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १९ करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ। यसको आज ९ करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारम उन्नति सहकारी लघुवित्त र एनएमबि हाइब्रिड फण्ड-१ का लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सानिमा माइ हाइद्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले अधिकतम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *