खैरो हेरोइनसहित ८ जना पक्राउ, १० लाख रुपैयाँ बढी बरामद

डिसी नेपाल
२१ भदौ २०७९ १६:०९

काठमाडौं । लागू औषध नियन्त्रण व्युरोले खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोईनसहित ३ जना र २४७ ग्राम खैरो हेरोईनसहित ५ जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा ललितपुर भैसिपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोहि स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् ।

ब्यूरोले काठमाडौंको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाइ लागू औषध खैरो हेरोईनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।

उनीहरुलाई लागू औषध बिक्री गर्ने झापाका अप्सरा राजबंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचिनगरबाट डिजिटल तराजुका साथै नगद १० लाख ४० हजार रुपैयाँ सहित पक्राउ गरिएको खनालले बताए । त्यस्तै, ब्यूरोले अवैध लागू औषध २५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए । ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट दुई केजी गाँजासहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.