हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२२ भदौ २०७९ ८:३१

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४४ पैसा र बिक्री दर १२७ रुपैयाँ ०४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४७ रुपैयाँ ६५ पैसा र बिक्री दर १४७ रुपैयाँ ३४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४२ पैसा र बिक्री दर ८७ रुपैयाँ ८३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ५७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३१ पैसा र बिक्री दर १८ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७९ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ ३१ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *