मुक्तिनाथ विकास बैंकले माग्यो ५ पदका लागि कर्मचारी

डिसी नेपाल
२२ भदौ २०७९ ९:३५

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै ५ पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी माग गरेको हो।

बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट एनालिस्ट पदमा कर्मचारी माग गरेको हो भने अन्य पदमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर रहेका बैंकका शाखाहरुका लागि कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ५ गते भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ। इच्छुक  उम्मेदवारले बैंकको बेवसाइटमा गई अनलाइन दरखास्त पेस गर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *