क्लोज क्याम्प सकेपछि पीडितलाई लिएर घुम्न निस्केका थिए लामिछाने
काठमाडौं। भदौ ५ गते अघि कप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्पमा थिए । ६ भदौमा टिम पाँच खेलको टी–२० क्रिकेट सिरिज र एकदिवसीय अभ्यास खेल खेल्नका लागि भनेर क्लोज क्याम्पमा राखेको थियो।
सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए । तर नेपाल क्रिकेट संघ (क्यान) ले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीको लागि क्लोज क्याम्पबाट घर पठाएको थियो ।
उनी घर जानुको सट्टा पीडित बालिकालाई लिएर भक्तपुर घुम्न निस्केका थिए। राति अबेरसम्म भक्तपुर घुमेर काठमाडौं फर्केका थिए । राति अबेर भएको निहुँ पारेर लामिछानेले होटलमा जबरजस्ती राखेर पटक पटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीमा जाहेरी बयान दिएकी छन् ।
भदौ ६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका थिए ।







डिसी नेपाल








Facebook Comment