ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२२ भदौ २०७९ ११:३८

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार रुपैयाँ तोकिएको छ।

मंगलबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले घटेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १० रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *