लुम्बिनी विकास बैंकको ९३ हजारभन्दा बढी कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
२२ भदौ २०७९ ११:५२

काठमाडौँ। लुम्बिनी विकास बैंकले ९३ हजार चार सय सात कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा राखेको छ। बैंकले चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरदि गर्न सक्ने गरी लिलामीमा राखेको हो।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउने बैंकले भनेको छ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *