राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी
काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत चारवटा विषयगत समितिमा चारजनाकै उम्मेदवारी परेको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment