एसियन लाइफ इन्स्याेरेन्सका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्ने

डिसी नेपाल
२२ भदौ २०७९ १४:३८

काठमाडौँ। एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले बुधबारदेखि आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन्।

यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट १५ दिनभित्र इन्स्याेरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ।

उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले जानकारी गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *