सेयर बजार राताम्मे, ११.९७ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२२ भदौ २०७९ १५:३५

काठमाडौँ। साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार घटेको छ। आज नेप्से ११.९७ अंकले घटेर १ हजार ९३९.८८ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनीको भएको छ। यसको आज ५ करोड १५ लाखभन्दा बढीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्डबाहेक सबै उपसुचक राताम्मे भएको छ। आजको कारोबारम सनराइज फर्स्ट म्युचुअल फण्ड र अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, प्राइम ऋणपत्र र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले अधिकतम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *