बिहिबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ भदौ २०७९ ८:४५

काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ।  नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा कायम गरेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४४ पैसा र बिक्री दर १२७ रुपैयाँ ०४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ २६ पैसा र बिक्री दर १४७ रुपैयाँ ९४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ १८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३६ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८३ पैसा र बिक्री दर ९ रुपैयाँ ८७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २८ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९४ पैसा र बिक्री दर ३४ रुपैयाँ १० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १९ पैसा र बिक्री दर ९ रुपैयाँ २३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *