राधी विद्युतको हकप्रद सेयर असोज ५ गतेदेखि आउँदै, कहाँ जाने भर्न ?

डिसी नेपाल
२३ भदौ २०७९ ११:२३

काठमाडौँ। राधी विद्युत कम्पनीको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर असोज ५ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले १ः१.४७५२ अनुपातमा  प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ। यसअनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।

लगानीकर्ताले यस हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। यस कम्पनीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ। हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *