सीवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त एक आपसमा मर्ज हुँदै, बोलायो विशेष साधारण सभा

डिसी नेपाल
२३ भदौ २०७९ ११:५२

काठमाडौँ। सीवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त एक आपसमा मर्ज हुने भएको छ। दुवै कम्पनीले मर्ज गर्ने विशेष प्रस्ताव पेश गर्नको लागि एकै दिन विशेष सभा बोलाएका छन्। दुवै कम्पनीले विशेष साधारण सभा असोज ७ गते हुने भएको छ। जसमा सीवाइसी नेपालको सभा कम्पनीको केन्द्रिय कार्यालय पोखरा सभागृह चोकमा बिहान ११ बजे र आधिखोलाको सभा होटल गाँउवेशीको सभाहल वालिङ, स्याङ्जामा बिहान ११ बजे नै सुरु हुनेछ ।

सभामा दुवै कम्पनीले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय गर्ने एजेण्डा पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ।

कम्पनीले मर्जर सम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ। त्यस्तै, कम्पनीको लेखापरीक्षण नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

यसअघि दुवै कम्पनीबीच असार २२ गते मर्जर सम्बन्धी प्रारम्भीक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। मर्जरका लागि समझदारी भएसँगै नेप्सेमा हाल यी दुई लघुवित्तको सेयर कारोबार रोक्का छ। हाल सीवाईसीको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८०० रुपैयाँ रहेको छ भने आँधिखोलाको ११ करोड ९० लाख रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *