नेप्से २.१३ अंकले घट्यो

डिसी नेपाल
२३ भदौ २०७९ १५:२४

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से २.१३ अंकले घटेर १ हजार ९३७.३४ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४ करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ। यसको आज १३ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ६ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा ग्लोबल आइएमइ लघुवित्त, मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सामुदायिक लघुवित्त र अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले अधिकतम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *