चोलेन्द्रशमशेरसँग पाँचौपटक बयान लिँदै सिफारिस समिति, आजै सक्ने

डिसी नेपाल
२७ भदौ २०७९ १०:३१
92
Shares

काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ।

आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ। अब आठ प्रश्न बाँकी छ। समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो। आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ।

प्रतिनिधिसभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए। उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ। त्यसपछि संसदमा जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिने छ।

एमालेले साथ दिए महाअभियोग पास हुन्छ, नभए हुन्न। त्यही भएर अहिले जबरा एमालेले आफूविरुद्ध मत नदिनेमा ढुक्क देखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *