लक्ष्मी लघुवित्तद्धारा कृषक ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान

डिसी नेपाल
२८ भदौ २०७९ ११:४०

काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मोरङ जिल्लाको दाम्राभिट्टा शाखाले आफ्ना ग्राहक सदस्यहरुलाई बेमौसमी तरकारी खेतीको तालिम प्रदान गरेको छ। भाद्र २४ गतेदेखि भाद्र २५ गते २ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ३७ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए।

तालिम उद्धाटन कार्यक्रम मा बोल्दै रतुवामाई नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुण्य बहादुर कार्कीले “तालिम बाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पुर्याई आत्मनिर्भर र व्यवसायिकता तर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थिलाई हौसला प्रदान गर्नुभएको थियो।” तालिमको सहजीकरण रतुवामाई नगरपालिका अन्र्तगतका कृषि प्राविधिकहरु तारा देव राई, सन्जु तामाङ र प्रशु राम मण्डलहरुले गरेका थिए।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्‍याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *