सेयर बजारमा हरियाली, २१.३० अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२८ भदौ २०७९ १५:२४

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज नेप्से २१.३० अंकले बढेर  १ हजार ९३४.०४ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज ५ करोड ९४ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा बोटलर्स नेपाल (बालाजु)को सेयर भाउ १० प्रतिशत बढेको छ। यसको कम्पनीका लगानीकर्ताले अत्यधिक आम्दानी गरेको छ। यस्तै, नेपाल बैंक ऋणपत्र र सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *