नेपालले ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने {भिडियो}

डिसी नेपाल
२८ भदौ २०७९ १५:३९
काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने करिव ३५ अर्व रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यातायात तथा व्यापार आवद्धता अभिबृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिव रु ३५ अर्व रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढिकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए । मन्त्रीपरिषद्ले प्रहरी बरिष्ठ उपरीक्षक निरञ्जन बिष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरिक्षक पदमा बढुवा नियुक्ती गर्ने निर्णय गरेको छ भने नेपाल र रोमानीयाबीच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय गरिएको छ ।
बैठकले पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिगमा उपलव्ध गरााउन स्वीकृती दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै मन्त्रीपरिषद्ले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ भने जिल्ला समन्वय समिति प्युठानको जग्गा गौमुखी गाँउपालिका, प्युठानको नाममा हक हस्तान्तरणका लागि स्वीकृती दिने निर्णय पनि गरेको छ ।
हेर्नुहोस् भिडियो:



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *