दशैंमा ३० हजार खसीबोका आयात गर्ने तयारी

डिसी नेपाल
२८ भदौ २०७९ १६:५४

काठमाडौं । दशै नजिकिएसँगै नेपालमा खसी, बोका, भेडा र च्याङ्ग्राको आयात बढेको छ । देशलाई मासुजन्य खाद्यपदार्थमा आत्मनिर्भर घोषित गरिसकिएको भएता पनि खसी, बोका, भेडा, च्याङ्ग्रा बाहिरबाट आयात भइरहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मासु र अण्डामा आत्मनिर्भर घोषणा गरेका थिए ।

दशैको समयसँगै देशैभरि खसी, बोका भेडा तथा च्याङ्ग्राहरु भित्रिन थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा ३ हजार भन्दाबढी खसीबोका भित्र्याउने तयारी गरेको छ । यसबाहेक निजी क्षेत्रबाट आयात हुने खसीबोकाको आधिकारिक तथ्यांक भने छैन ।

‘२ हजार खसीबोका र १ हजार च्याङ्ग्रा गरी तीन हजार भित्र्याउनको लागि प्रक्रियामा रहेको’ कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । नेपालभित्रै उत्पादन भएको खसी बोका तथा च्याङ्ग्रा सुपथ मूल्यमा नै बिक्री गर्ने समेत बताइन ।

उनी भन्छिन्, ‘गाउँघरमा रहेका सहकारी तथा व्यापारिक संगठनबाट नै आयत गर्ने र इच्छुक यस्ता संस्थाबाट थप आयात पनि गर्ने तयारी छ ।’ घटस्थापनाका दिनदेखि बजार खुल्ला हुने पनि उनले बताइन् ।

दशैकोे समय मासुको रुपमा बढी खपत हुने खसी, बोका, भेडा र च्याङ्ग्राको आयात सुरु भएको हो । दशैमा विषेश गरी ५ देखि ७ दिनसम्म मासु वा मासुजन्न परिकारका लागि यो प्रयोग हुने गर्दछ ।

पछिल्लो तथ्याङ्क अनुसार चाडपर्वमा नेपालको करिब तीन चौथाइ बोकाको आयात भारतबाट हुने गरेको छ । २५ प्रतिशत तिब्बतका भेडा र च्याङ्ग्रा र बाँकी घरेलु छन् ।

‘नेपाल कृषिप्रधान देश भएता पनि यहाँको उत्पादनलाई जोड नदिँदा बहिर देशबाट आयात गर्नु परेको दिपक राईले बताए । उत्पादन भएता पनि बाहिरी आयातका कारण नेपाली कृषककोे उत्पादनको उचित बजार र मूल्य नभएको उनको बुझाइ छ ।

राई भन्छन् ‘कृषिमा आधुनिकीकरण र उत्पादनमा सुधार ल्याउन सके मासु आयातमा निर्भता घटाउन सकिन्छ । नेपालमा दशैको लागि खसी बोका मात्र नभई अन्य समयमा अन्य पशुपन्छीको पनि खपत हुने भएकाले हामी आत्मर्निभर बन्नका लागि कुषिमा आधुनिकीकरणको आवश्यकता छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *