बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ अर्बले बढ्यो, सीडी रेसियोमा सामान्य सुधार

डिसी नेपाल
२९ भदौ २०७९ ९:२८

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २७ भदौसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । २६ भदौसम्म बैंकहरूको निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो। एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको पनि निक्षेप ६ अर्बले बढेर ४४ खर्ब ५४ अर्ब पुगेको छ। २६ भदौसम्म वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब ४८ अर्ब रहेको थियो।

यस्ता, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी केहि बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी १ अर्बले बढेर  ४७ खर्ब १७ अर्बमा पुगेको छ। यस्तै,वाणिज्य बैंकहरूको कर्जा लगानी भने दुई अर्बले बढेर ४१ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.०२ प्रतिशतबाट घटेर ८८.११ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *