चिनियाँ जनकंग्रेस अध्यक्ष लीले आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने

डिसी नेपाल
२९ भदौ २०७९ १०:४५
32
Shares

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। भेटवार्ता दिउँसो चार बजे राष्ट्रपति भवन शितल निवासमा हुनेछ।

नेपालको चार दिने भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन्। चिनियाँ जनकंग्रेस लीले सोमबार नै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए।

मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेका थिए। सोही दिन उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।

लीले राष्ट्रपति भेट्न जाँदा दिउँसो साढे ३ बजेपछि कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखी महाराजगन्ज सम्मको सवारी आवागमन प्रभावित हुने काठमाडौंै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई कार्यालयले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.