सामान्य विवादमै श्रीमतीको घाँटीमा कसे डोरी, गोदावरीको जंगलमा फाले
काठमाडौं । ललितपुर प्रहरलाई यही २६ भदौ विहानै फोन आयो । फोनमा भन्दै थियो, ‘फुल्चोकी जंगल छेउमा सडेको अबस्थामा केटीको लास छ ।’ त्यसलगत्तै ललितपुर प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक दिपक भारतीको टोली त्यसतर्फ लागियो ।
टोली घटनास्थल पुग्दा अर्धनग्न अबस्थामा महिलाको शव थियो । शव सडिगलेको अबस्थामा थियो । अनुहार पहिचान गर्न नसक्ने अबस्थामा थियो । जंगलछेउमै लास लियो।
विहान मर्निङमा निस्किएकाहरुले लास देखिएको थियो । त्यसपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसपछि हल्ली खल्ली भईसकेको थियो । प्रहरी घटनास्थल पुगे लगत्तै प्रहरीले अनुसन्धान थाल्यो । महिलाको पहिचान नभए पनि उनले लगाउने कपडाका कारण त्यहाँ हेर्न पुगेका मानिसहरुले पहिचान गरे ।
उनी ४७ वर्षीयाँ रुपा क्षेत्री भएको खुल्यो । उनको घर रौतहट हजारिया भएको खूल्यो । उनी ललितपुर–२९ हरिसिद्धि बस्ने गरेको पाईयो । प्रहरी टोली हरिसिद्धि पुग्यो । उनी बसेको कोठामा प्रहरीले पाईला टेक्यो।
कोठामा दोलखा भिमेश्वर–९ का ६३ वर्षिय घ्याल्मो लामा थिए । प्रहरीले शंकास्पद रुपमा उनीमाथि सोधपुछ ग¥यो । सामान्य सोधपुछमै उनले ती महिलाको आफूले नै हत्या गरेको स्विकारे । उनले ती महिला आफ्नो श्रीमती रहेको समेत खुलायो।
यहि १६ भदौमा दिउँसो ३ वजेतिर हरिसिद्धिबाट गोदावरीतिर लागे । जंगल छेउमा बसे । त्यही बेला उनीहरु बीच वादविवाद यो । घ्याल्मोले रिसको झोँकमा घाँटीमा डोरीले कसे । रुपा छटपट्टिईन् । निस्सासिएर रुपाले स्वास फेर्न सकेनन् । केही बेरपछि रुपाले हलचल गर्न छोडिन् । उनीले स्वास फेर्न छोडेपछि घ्याल्मो कोठामा गएर बसे ।
त्यस १० दिनपछि घ्ल्मो प्रहरीको पञ्जामा परे । उनी तुरुन्त पक्रिए। हाल उनलाई वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भईरहेको छ । मृतक रुपमा घ्याल्मोका तेस्रो श्रीमती थिईन् ।
उनका पहिलो श्रीमती १२ वर्षअघि नै वितिसकेको बताईन्छ। उनको दोस्रो श्रीमती पनि छन् । २०७२ सालमा दोस्रो र हालको मृतकलाई बिहे गरेको मा दोस्रो पत्नी भने गाउँमै रहेको खुलेको थियो।
















Facebook Comment