राजनीतिक सहमतिका आधारमा टीआरसी विधेयक टुंगाेमा पुर्‍याउन प्रचण्डकाे आग्रह

डिसी नेपाल
२९ भदौ २०७९ १३:४८
48
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा रहेर टुङ्गो लगाउनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानूनी भन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विना पूर्वाग्रह संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउनुपर्ने बताएका हुन्।

संक्रमणकालीन न्यायसम्बन्धी बिषयमा सवैको चिन्ता र चासोको बिषय भएको र यसमा कोही पक्ष र बिपक्ष हुन जरुरी नभएको उनले बताए। प्रचण्डले समस्या बल्झाउनेका साथ बिधेयकमा कुनै शव्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने जिकिर गरे।

उनले बिधेयकमा शव्द जस्तोसुकै राखेपनि भोलिका शक्ति सन्तुलनले नै कार्यान्वयन गर्ने महत्वपूर्ण हुने बताए। प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने समेत बताए।

त्यस्तै एमाले सांसद सुवास नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई टुङ्गाउनुपर्ने सवैको साझा बिषय भएकाले यसै पटक टुङ्गो लगाउनुपर्ने धारणा राखे।

उनले पीडित र पीडककोबीचमा मेलमिलाप र गम्भीर उलंघनमा बिषयमा प्रक्रियाबाटै संक्रमणकालिन न्यायलाई टुङ्गो लगाउनुपर्ने बिषय महत्वपूर्ण रहेको भन्दै बिधेयकमा रहेका बिषयवस्तुलाई निर्विवाद ढंगले अन्तिम रुप दिनुपर्ने बताए।

समितिले संसदको यहि कार्यकालमा नै उक्त बिधेयक पेश गर्ने गरि सहमतिको प्रयास गरिरहेको छ । विधेयकमा सहमति खोज्न समितिले कार्यदल गठन पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.