सेयर बजार ४७.४४ अंकले बढ्यो, कारोबार रकम १ अर्व ४५ करोड

डिसी नेपाल
२९ भदौ २०७९ १५:२०

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज नेप्से ४७.४४ अंकले बढेर १ हजार ९८१.४८ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४५ करोड ३८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज ६ करोड ५१ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, नेपाल एसिया फ्लिक क्याप र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *