बिहिबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
३० भदौ २०७९ ९:०८

काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ०३ पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ ५४ पैसा र बिक्री दर १४७ रुपैयाँ २३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४१ पैसा र बिक्री दर ८५ रुपैयाँ ८२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७९ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८ रुपैयाँ ९१ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २३  पैसा र बिक्री दर १८ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७३ पैसा र बिक्री दर ३३ रुपैयाँ ८९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ११ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *