आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै

डिसी नेपाल
३० भदौ २०७९ ११:०९

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले  ५१ हजार ९९० कित्ता संस्थापक सेयर असोज ५ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ। प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ।

यसमा ईच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *