सेयर बजार ५७ अंकले घट्यो

डिसी नेपाल
३० भदौ २०७९ १५:२५

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से ५७ अंकले घटेर १ हजार ९२४.४८ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १२ करोड ५६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ। यसको आज २१ करोड ५० लाखभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा सिटिजन म्युचुअल फण्ड र मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, नेपाल एसिया फ्लिक क्याप र समृद्धि फाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *