मुद्राकाे विनिमय दर थाहा पाउनुहोस्

डिसी नेपाल
३१ भदौ २०७९ ८:२१

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै,आज डलरको खरिद दर १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ८८ पैसा र बिक्री दर १२७ रुपैयाँ ४७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, साउदी अरबको रियाल एक को खरिद दर ३३।८४ रुपैयाँ र बिक्रीदर ३४ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *