बालेनलाई बाबुरामको आग्रह: निश्चित ठाउॅ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौं

डिसी नेपाल
३१ भदौ २०७९ ८:३२
848
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार हटाएका थिए।

भट्टराईले भनेका छन्, ‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृत प्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर (बालेन) का पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ ।’

तर, निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने भट्टराईले बताएका छन् । ‘संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतःनिश्चित ठाउँ,समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ उनले भनेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *