पिपुल्स हाइड्रोपावरको ३२ लाख कित्ता आईपीओ बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

डिसी नेपाल
३१ भदौ २०७९ ९:०९

काठमाडौँ। पिपुल्स हाइड्रोपावर कम्पनीले ३२ लाख कित्ता आईपीओ आज (भदौ ३१ गते)देखि  बिक्री खुला गरेको छ। बैंकले आयोजना प्रभावित स्थानीयका लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ३ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी गरेको आइपिओमा आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका वडा नं. ६ र ७ का बासिन्दाका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ। भने, बाँकी ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्तामा लमजुङ जिल्लाभर बासिन्दाहरुले खरिद आवेदन दिन सक्नेछन्।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओमा लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन दिन पाउने छन्। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा निष्कासन बन्द असोज ३० गते बैंकिङ समयपछि हुनेछ।

यस आइपिओमा स्थानीयले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट तथा एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीसहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *