बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम मौका

डिसी नेपाल
३१ भदौ २०७९ ९:१७

काठमाडौँ। बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छयस हकप्रद सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ।

कम्पनीले भदौ ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो। बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो।

साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ। हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *