बालेनद्वारा मह जोडी सम्मानित

डिसी नेपाल
३१ भदौ २०७९ २३:४१
1.4k
Shares

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गरेका छन् । यहाँ आज काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा उनले सो आग्रह गरेका हुन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गरेको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको भन्दै वरिष्ठ कलाकार श्रेष्ठले नागरिकले दिएको मतलाई आत्मसात् गरेर अघि बढ्न उहाँलाई शुभकामना दिए ।

सो अवसरमा कामपाका प्रमुख साहले आफूले केही नयाँ काम गर्न खोजेको र त्यसका लागि सबैको साथ आवश्यक भएको बताए । उनले इमान्दार भएर काम गर्न एफएमका कर्मचारीलाई निर्देशन दिए ।

मह जोडी सम्मानित

कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कामपाले सम्मानित गरेको छ । दुवैदाई जनही रु ५१ हजारसहित सम्मान गरिएको हो । कलाकारिताको माध्यमबाट पु¥याउनुभएको योगदानको कदर गर्दै प्रमुख साहले कलाकार दुवैजनालाई नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सम्मान ग्रहणपछि कलाकार आचार्यले राजधानीको नगरपिता बन्नु सानो कुरा नभएको भन्दै नागरिकको अपेक्षाअनुसार काम गर्न सुझाव दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *