विदेशी मुद्राकाे आजकाे विनिमयदर थाहा पाउनुहाेस्

डिसी नेपाल
४ असोज २०७९ ८:२६

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ। जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ९४ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा रहेको छ।

जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १७ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *