नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
४ असोज २०७९ १०:०६

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *