खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन उपहार पाइने

डिसी नेपाल
४ असोज २०७९ १०:३०

काठमाडौँ। खल्तीले राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ। यस सुविधा सुचारु भए लगत्तै खल्ती प्रयोगकर्ताहरूले राष्ट्रिय वाणिज्य बैंकको खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन्। पहिलो पटक आफ्नो राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिंक गर्दा तत्काल रु. १०० बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन्।

यो अफर असोज ३१ सम्म लागू हुनेछ। खल्ती मा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी (प्थ्ऋ) प्रमाणित गरेको हुनुपर्नेछ। यस बाहेक आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्छन्।

अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्,“यस अफर मार्फत हामी प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहन्छौं। उपभोक्ताहरूले अब पैसा पुनः लोड गर्ने समस्याको सामना गर्नुपर्दैन। खल्ती क धेरै प्रयोगकर्ताहरुले यो सेवा मन पराउँछन् किनभने यसले उनीहरूलाई एक लिङ्क गरिएको बैंकबाट अर्कोमा सेकेन्डमा पैसा पठाउन सहज गर्दछ।”

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार+ एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्। यस मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै, खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरूले पनि धेरै साना तथा ठूला व्यवसायहरूलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *