मंगलबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
४ असोज २०७९ १०:५३

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ।

सोमबार प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९१ हजार ८  सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *