अरुण काबेली पावरले लाभांश दिँदै

डिसी नेपाल
४ असोज २०७९ १३:०२

काठमाडौँ। अरुण काबेली पावरले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। असोज २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै नगद लाभांश कर प्रयोजनका लागि मात्र हुने पनि कम्पनीले स्पष्ट पारेको छ।

घोषित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी १२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ। कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *