सेयर बजार राताम्मे, ३८.८१ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
४ असोज २०७९ १५:२८

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से ३८.८१ अंकले घटेर १ हजार ८३७.६० विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २२ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरीको भएको छ। यसको आज ५ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा स्वाभिमान लघुवित्त र एनएमनि ५० का लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, कालिका पावर कम्पनी र बरुण हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *