नेपाल ल्युब आयलले गर्यो ३० प्रतिशत लाभांश दिने घोषण, वार्षिक साधारणसभा पनि आह्वान

डिसी नेपाल
५ असोज २०७९ १०:००

काठमाण्डौ । नेपाल ल्युब आयलले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सन्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ५ प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

यसका साथै कम्पनीले ३१ औँ वार्षिक साधारणसभा पनि डोकेको छ। कम्पनीले यहि २८ गते वार्षिक साधारणसभा डाकेको हो।  उक्त साधारण सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्नेछ। यस अनुसार असोज १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *