५ सयले घट्यो सुनको मूल्य, प्रति तोला कति ?

डिसी नेपाल
५ असोज २०७९ १०:५०

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ।

मंगलबार प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *