बिहिबार सुन र चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?

डिसी नेपाल
६ असोज २०७९ ११:१८

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ।

बुधबार प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *