रुसमा सरकारविरोधी प्रदर्शन
काठमाडौं । रुस–युक्रेन युद्धमा आंशिक सैनिक परिचालन गर्न सकिने घोषणा गरेसँगै रुसमा सरकारविरोधी प्रदर्शन भईहरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालैमात्र पश्चिमा मुलुकले रुसलाई सिध्याउन सुरु गरेको षड्यन्त्रलाई विफल पार्न आंशिक सैनिक परिचालन गर्नसकिने घोषणा गरेका थिए ।
आंशिक सैनिक परिचालन भन्नाले रुसी सैनिकले रिजर्भमा राखेका र पहिला सैनिक रहिसकेका व्यक्तिलाई पुनः युद्धमा परिचालन गरिनु हो । पुटिनको उक्त घोषणाको केही समयपछि रुसी रक्षामन्त्री सर्गेई शोइगुले ३ लाख रुसी नागरिकलाई आंशिक सैन्य परिचालनमा बोलाइनसक्ने बताएका थिए ।
पुटिनको उक्त घोषणासँगै रुसमा प्रदर्शन सुरु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनका अनुसार देशका अन्य स्थानमा भन्दा मस्को र सेन्ट पिटसबर्गमा प्रदर्शन व्यापक बनेको छ । हालसम्म १ हजार ३ सय मानिसलाई प्रहरीले पक्राउसमेत गरेको छ ।







डिसी नेपाल







Facebook Comment