बजारमा सुस्ती कायमै : नेप्से २६४१ विन्दुमा झर्दा सोलु हाइड्रोको सर्वाधिक कारोबार
काठमाडौं। नेप्सेमा आज पनि गिरावट आएको छ। आज सोमबार नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५२ कम्पनिका एक करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ मा कारोबार भएको थियो। आज हाइड्रो, उत्पादन, माइक्रोफाइनान्स र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ८.४७ प्रतिशतले बढेको छ भने दारमखोला हाइड्रोको शेयर ६ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी रिलायबल समृद्धि योजनाको ९.७० प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४६ करोड ३७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २९ करोड २७ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment