अर्थमन्त्री वाग्ले र बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिबीच बजेट कार्यान्वयनबारे छलफल हुँदै

डिसी नेपाल
२५ साउन २०८३ ११:४५

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्ने भएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरिरहेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग छलफल हुन लागेको हो।

उक्त छलफलका लागि ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारहरूलाई अर्थ मन्त्रालयमा आमन्त्रण गरिएको छ।

मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुने छलफलमा बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएका सुविधा, उनीहरूले भोगिरहेका समस्याका साथै लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा छलफल हुनेछ। छलफलका क्रममा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूलाई विषयवस्तुमा खुलस्त भएर धारणा राख्न र लिखित विवरण पेश गर्न आग्रह गरिने मन्त्रालयले जनाएको छ।

बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत यसअघि नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्‍याएका ३३ औद्योगिक घरानासँग छलफल भइसकेको छ। त्यस्तै, ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि यसअघि नै छलफल सम्पन्न भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *