यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

डिसी नेपाल
६ कार्तिक २०७९ ६:३०
112
Shares

काठमाडौं। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाइँदैछ। काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजोदेखि नै यमपञ्चक शुरु भएको छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा-मीठा खान दिई खुशी पार्ने गरिन्छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो-मीठो खान दिई खुसी पार्ने गरिएको हो।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *