लक्ष्मी क्यापिटलको साधारणसभा कात्तिक २७ मा, १४ प्रतिशत लाभांशको प्रस्ताव

डिसी नेपाल
६ कार्तिक २०७९ १०:३८

काठमाडौँ। लक्ष्मी क्यापिटलले कात्तिक २७ मा वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो। सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) गरी १४ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहनेछ। त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। सभा लक्ष्मी बैंक लिमिडेट, हात्तिसार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *