सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

डिसी नेपाल
६ कार्तिक २०७९ १२:४४
108
Shares

काठमाडौं। बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ।

गत असोज २० पक्राउ परेका उनी प्रहरी वृत्त गौशालाको न्यायिक हिरासतमा छन्। आइतबार चौथोपटक म्याद थप्दै थप दुई दिन उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।

आइतबार म्याद थपका लागि सन्दीपलाई अदालत लगिएको थियो। यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले आइतबार चौथोपटक थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो। गत भदौ २१ मा एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गएको उजुरी परेको थियो।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *